सुनको मूल्य आकाशियो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले आइतबार पुनः नयाँ रेकर्ड बनाएको छ । छापावाला सुन अघिल्लो दिनको तुलनामा प्रतितोला ७ सय रुपैयाँले बढेको छ । छापावाला आइतबार सुन प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो नेपाली बजारको हालसम्मकै उच्च मूल्य हो । यसअघि गत बुधबार र बिहीबार ९१ हजार १ सय रुपैयाँमा किनबेच भएर सुनको मूल्यले नेपाली बजारमा नयाँ रेकर्ड बनाएको थियो । शुक्रबार भने तोलाको ९० हजार ६ सय रुपैयाँमा सुनको किनबेच भएको थियो । आइतबार तेजावी सुन प्रतितोला ९० हजार ८ सय ६० रुपैयाँमा किनबेच भइरहेको छ । चाँदीको भाउ पनि तोलामा पाँच रुपैयाँले बढेर प्रतितोला ९ सय ४५ रुपैयाँमा काराबार भइरहेको महासंघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles