अबैधानिकतबरले नदीजन्य पदार्थ उत्खनन्, सम्बन्धित निकाय मौन

चन्द्रपुर, १४ असार । नदीजन्य पदार्थ उत्खनन् तथा ढुवानी कार्य पूर्णरुपमा निषेध भएको अहिलेको अवस्थामा पनि रौतहटको चाँदी नदीबाट नदीजन्य पदार्थको चोरी निकासी कार्य रोकिएको छैन ।
स्थानीयकाअनुसार उक्त नदीबाट अवैधरुपमा गिट्टी, ढुंगा, बालुवा उत्खनन् गरी चोरी निकासी भएको हो । दैनिक दर्जनौं ट्रेक्टर प्रयोग गरी अवैधानिकतबरले नदी जन्य पदार्थ चोरी निकासी गरेको भएपनि स्थानीय निकाय भने मौन रहेको स्थानीयको आरोप छ ।
जेठ मसान्तपछि रौतहटको चन्द्रपुर नगरपालिकाभई बग्ने नदीनालामा प्रवेश निषेध गरिएको छ । तर, चन्द्रपुर नगरपालिकाले विभिन्न योजनाका कामका लागी भन्दै नदीजन्य सामग्री उत्खनन् गरेको पाइएको छ । स्थानीय रविरमण घिमिरेकाअनुसार अबैधरुपमा बालुवा, ग्राभेल चोरी निकासी भईरहँदासमेत प्रशासनले बेवास्ता गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles