दीपक कुमार,गौर,१९ असार । रौतहटको राजदेवी नगरपालिकाका मेयर धिरेन्द्र सिंहले उपमेयर माथी लगाएको आरोपको उपमेयर अन्सु सिंहले खण्डन गर्न‘भएको छ ।
उपमेयर सिंहले शुक्रबार दिउँसो आफ्नै कार्यकक्षमा आयोजित पत्रकार सम्मेलन मेयर धिरेन्दञ् सिंहले कार्यकक्षको ताला फुटाएको र सामान चोरी गरेको आरोपको उपमेयरले खण्डन गर्नुभएको हो । उपमेयर सिंहले मेयर धिरेन्द्र सिंह विकास प्रेमी नभइ विनास प्रेमी रहेको आरोप समेत लगाउनुभएको छ । असार १० गते भित्रमा कार्यपालिकाको परिषद सम्पन भइ सक्नु पर्नेमा आज सम्म परिषद नहुनुमा मेयर दोषी रहेको आरोप उहाँको छ ।
नगरपालिकाको प्रत्येक महिनाको १६ गते बस्ने बैठकमा कार्यपालिकाका सदस्यहरु कार्यलयमा पुग्दा मेयर अनुपस्थित रहेको र निमित्त प्रशासकिय अधिकृत कार्यालयमा रहेको अवस्थामा बैठक कक्ष खोलिदिन आग्रह गर्दा चोरीको आरोप लगाईनुले मेयरको गलत मनोसायको उपज भएको उपमेयर सिंहले बताउनुभयो ।
प्रशासकीय अधिकृत संजय पान्डेले मेयरको कार्यकक्षमा बस्न भनेपछि ताल्चा खोल्न आग्रह गरेको तर त्यसको केही समयमै साँचो हराएको जवाफ पाएपछि नगरकै वार्ड न.७ का अध्यक्ष संन्जय कुमार यादवले मेयर धिरेन्द्र सिंह संग ताल्चा खोलिदिन आग्रह गरेको कलरेकर्ड समेत सुरक्षीत रहेको उपमेयर सिंहले बताउनुभयो । मेयर जस्तो गरिमामय पदलाई दुरुपयोग गर्दै हिडेका धिरेन्द्र सिंहले उपमेयर, वार्ड अध्यक्षहरु, कार्यपालिका सदस्य माथि गम्भीर आरोप लगाएकाको भन्दै उपमेयर सिंहले पत्रकार सम्मेलनमार्फत घोर भत्सर्ना गर्दै प्रेस विज्ञप्ति समेत जारी गर्न‘ुभएको छ ।
मेयर र प्रशाकिय अधिकृतको मिलोमतोमा शिक्षा जस्तो क्षेत्रमा जालसाजीपुर्ण तरिकाले माईनुटबुक बनाएर ब्रहम्लुट मच्चाउन खोजेको उपमेयरले आरोप लगाउनुभएको छ । पत्रकार सम्मेलनमा मेयरका प्रत्यासी भिखारी राय यादव , रामेश्वर राय यादव र कार्यपालिकाका बहुमत सदस्यहरुको उपस्तिथि रहेको थियोे ।


