विकास निर्माणकाे काममा प्रदेश सभा सदस्य ठाेकरकाे सक्रियता

असार २० शनिबार/
रौतहट क्षेत्र नम्बर ४ प्रदेश क का प्रदेश सभा सदस्य धनलाल ठोकरले आज एक कार्यक्रमका बीच सडकको उद्घाटन गर्नुभएको छ । प्रदेश सासंद विकास कोषको रु ५० लाखको लागतमा निर्माण भएको चन्द्रपुर नगरपालिका वडा नम्बर १ स्थित क्यान्टिन बजारमा निमार्ण सम्पन्न भएको सडकको उद्घाटन गर्दै ठोकरले आफुले आफ्नो क्षेत्रको विकासको लागि निरन्तर लागि परेको बताउनुभयो ।

उहाँले आफुले आफ्नो सासंद विकास कोषको रकम स्थानियको आग्रह र सल्लाहमा अत्यावश्यक क्षेत्रमा लगानि गरेको सुनाउँदै जनताको हितको लागि सदैव तत्परता देखाइरहने प्रतिवद्धता जनाउनुभयो । ‘जनताको समस्यानै मेरो समस्या हो’ उहाँले भन्नुभयो, ‘मेरोतर्फबाट सक्ने काम म गर्छु , नसक्ने कामको लागि म विभिन्न निकायमा पहल गरिरहन्छुँ तर जनताको विकास निर्माणको चाहानालाई मर्न दिदिन् ।’ आफुसँग भएका सिमित वजेटबाट पनि ठोस कार्य गर्दै आइरहेको स्मरण गर्दै उहाँले आफुले गरेका कामहरुमा गुणस्तरियता होस् भनेर आफु स्वयम् फिल्डमा गएर निरन्तर अनुगमन गर्ने बताउनुभयो । ३ सय ५० मिटर लामो सो सडक पिच भएपछि स्थानिय भने निकै हर्षित भएका थिए । सडक उद्घाटनका लागि पुग्नुभएका ठोकरलाई स्थानियले फुलमाला तथा खादाले भव्य स्वागत गरेका थिए । उनको स्वागतको लागि सो गाउँको विभिन्न स्थानमा सडका दायाँबाँया कलशहरु राखिएका थिए । जनताको हितको लागि निरन्तर कार्य गर्दै आइरहेको भन्दै ठोकरको प्रशंसा गर्दै स्थानियले धेरैपछि जनभावना बुझने नेता आफुहरुले पाएकोमा खुसी व्यक्त गरेका थिए । ठोकरको सासंद विकास कोषको रकम अन्र्तगत अन्य स्थानहरुमा पनि ठोस विकासका कामहरु भइरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles