वनबाट भरुवा बन्दुक बरामद

चन्द्रपुर ।प्रहरीले मङलबार एक थान एक नाले भरुवा बन्दुक फेला पारेको छ । ईलाका प्रहरी कार्यालय मातहतको अस्थायी प्रहरी पोष्ट जुडिवेला रौतहटबाट खटीएको प्रहरी गस्ती टोलीले चन्द्रपुर न.पा.वडा नं २ मलेनिया सामुदायिक वन क्षेत्रबाट हतियार बरामद गरेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जानकारि दियको छ । वनमा टर्च लाईट बालेको देखे पछि गस्ती टोलि सो स्थानमा जाने क्रममा हतियार फेला परेको भएपनि मानिस फरार भएको प्रहरीले जनाएको छ । उनिहरु सिकारी भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles