कोरोना संक्रमणबाट रौतहटका एक युवकको मृत्यु

३१ असार, काठमाडौं । कोरोना भाइरस सं‌क्रमणका कारण नेपालमा बुधबार थप एक जनाको मृत्यु भएको छ ।
रौतहटको पर्रोहा नगरपालिका- ७ का ३६ वर्षका पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
वीरगञ्जको नारायणी अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गरिएका उनको बुधबार दिउँसो साढे २ बजे मृत्यु भएको हो ।
यो सँगै कोरोना संक्रमणका कारण नेपालमा मृत्यु हुनेको संख्या ३९ पुगेको छ ।
ती युवकका दाजुको कोरोना सं‌क्रमणका कारण भारतमा मृत्यु भएको थियो । युवकसहित परिवारका अन्य सदस्य हालै भारतमा दाजुको अन्त्येष्टिमा सहभागी भएर फर्किएका थिए ।

नेपाल आएर क्वारेन्टिनमा बसेकै बेला युवकमा रुघाखोकी, ज्वरो र स्वासप्रश्वासमा समस्या भएपछि असार २९ गते नारायणी अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो ।

उनको स्वाब संकलन गरेर परीक्षणका लागि हेटौंडास्थित प्रयोगशालामा पठाइएको थियो । उनमा बुधबार नै कोरोना संक्रमण पुष्टि भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles