संचालक समितिको निर्णय अवज्ञा गर्दै हाकिमको मनपरी

संचालक समितिले लगाए धान बीउ जोनको सम्पर्क कार्यालयमा ताला

रौतहट १ साउन । प्रधानमंन्त्रि कृषि आधुनिकिकरण परियोजना, कार्यान्वयन ईकाई रौतहट धान बीउ जोनको सम्पर्क कार्यालय चन्द्रनिगाहपुरमा आज तालाबन्दि भएको छ । प्रधानमंन्त्रि कृषि आधुनिकिकरण परियोजना कार्यालय रौतहटका प्रमुख रामबलन साहको मनोमानी एबम किसानको हित बिपरित चन्द्रनिगाहपुरको सम्पर्क कार्यालय स्थानान्तरण गर्न लागेको भन्दै संचालक समितिले आज तालाबन्दि गरेको हो । परियोजनाले समेटेको किसानहरु मध्ये ९० प्रतिशत चन्द्रपुर नगरपालिकाको रहेको र यसस्थान बाट स्थानान्तरण गर्दा किसान मर्कामा पर्ने भन्दै संचालक समितिले कार्यालय प्रमुख साहको रबैयाको बिरुद्ध कार्यालयमा तालाबन्दि गरेको संचालक समिति का संयोजक केशव तिमल्सिना ले बताएका छन् ।


परियोजनाले चन्द्रपुर नगरपालिकाको वडानम्बर ८, ९ र १० बृन्दाबन
नगरपालिकाको वडानम्बर ७, गडिमाई नगरपालिकाको वडा नम्बर २ र गरुडा
नगरपालिकाको वडानम्बर ५ का किसानहरुको लागि कार्य गर्दछ । परियोजनाले
पोष्ट हारभेष्ट सेन्टर स्थापना, कस्टम हायरिङ्ग सेन्टर स्थापना, साना सिचाई
परियोजना, चक्लाबन्दि, सौर्य सिचाई, प्रतिफलको आधारमा प्रोत्साहन
अनुदानको कार्य गर्ने हो । सो कार्य गर्न संचालक समितिको निर्णय हुनु पर्नेमा
कार्यालय प्रमुख साह बहुमतिय निर्णय बिपरित कार्य गर्दै आएका छन।

संचालक समितिका संयोजक केशब तिमल्सिनाका अनुसार परियोजनाले गरेको
कार्यको अनुगमन गर्न संचालक समितिले अनुगमन समिति गठन गरेपनि कार्यालय
प्रमुखले अनुगमन बिनानै भुक्तानी गरेको रहश्य खुलेको हो । किसानको हितमा
रहने गरी संचालक समितिले गरेको निर्णय परियोजना प्रमुख साहले उल्टाउने
गरेको आरोप रहेको छ । प्रमुख साहले मेशिन अनुगमन गर्न, पोष्ट हारभेष्ट
सेन्टरको बजेट संसोधन गर्न संचालक समितिले गरेको निर्णय समेत कार्यान्वयन
नगरेको जनाइएको छ परियोजनाले किसान लाई पचास प्रतिशत अनुदानमा दिईने
टेक्टरमा सोनालिका टेक्टर खरिद गर्न गरेको आग्रह लाई बेवास्ता गर्दै
कार्यालय प्रमुखले नाम नसुनेको बारा जिल्ला बाट प्रकाशित हुने पत्रिकामा सुचना
प्रकाशन गरेर ७४४ एफई मोडेलको पुरानो ट्रेक्टर खरिद गर्न लागेको तर
आर्थीक बर्ष सकिदा समेत सो ट्रेक्टर समेत ल्याउन नसकेको आरोप रहेको छ ।


संचालक समितिका सदस्य मनोज कुमार साह लाई बीउप्रशोधन मेशिन दिने निर्णय संचालक समितिको रहेपनि कार्यालय प्रमुखले अनुगमन समेत नगरेको आरोप रहेको छ । उता परियोजना प्रमुख राम बलन साह भने धानबीउ बिजन जोनको लागि राखिएको कार्यालय चन्द्रनिगाहपुरमा अपायक परेको र बजेट समेत बिनियोजना नभएकाले स्थानान्तरण गर्न लागिएको बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles