करेन्ट लागेर महिलाको मृत्यु,प्राधिकरणको लापरबाहिप्रति स्थानिय आक्रोसित

गौर । विद्युत प्राधिकरणको लापरवाहीका कारण वृद्धाको मृत्यु भएको छ । ३३ हजार केभिएको तार चुडिएर करेन्ट लाग्दा रौतहटमा एक महिलाको मृत्यु भएको हो । करेन्ट लागेर गौर ४ की ७० वर्षिया शान्ती देवी पाण्डेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । बिहान चिया खान पसलमा गएकी वृद्धा बाटो काटने क्रममा करेन्ट लागेको थियो । सोही स्थानमा करेन्ट लागेर दुई चौपाया साढेको समेत ज्यान गएको छ ।
गौर चन्द्रपुर जोडने मुख्य सडक नजिकै उच्च भोल्टेजको करेन्ट प्रवाह भइरहेको तार चुडिएर सडकमा खसे पछि स्थानियले नेपाल विद्युत प्राधिकरणको गौर शाखा र सबगढामा रहेको सबस्टेशनमा समेत फोन गरेर जानकारी दिन खोजेका थिए । सयौ पटक पनि फोन गर्दा दुवै कार्यालयको फोन कसैले नउठाउदा महिलाको ज्यान गएको स्थानियले बताएका छन ।समयमै फोन गरे पनि कार्यालयका कुनै कर्मचारीले फोन नउठाउदा यो घटना भएको भन्दै स्थानीय आक्रोशित बनेका छन ।
प्राधिकरणको चरम लापरवाहीका कारण ज्यान गएको भन्दै स्थानियले लापरवाही गर्ने कर्मचारीलाई कारवाही गर्नु पर्ने माँग समेत गरेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles