वीरगञ्ज । वीरगञ्जमा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । गण्डकस्थित कोभिड अस्पतालमा उपचारका क्रममा भारतीय नागरिक ५६ वर्षीया पुरुषको बिहीबार राति मृत्यु भएको हो । मृतक भारतको दिल्ली घर भइ वीरगञ्जमा बस्दै आएका जगदम्बा इन्टर प्राइजेजका प्रमुख कार्यकारी अधिकृत हुन्। भेन्टिलेटरमा राखेर उपचार गर्दा पनि उनलाई बचाउन नसकिएको नारायणी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा।मदन उपाध्यायले जानकारी दिनुभयो। ‘उनलाई ७ साउनदेखि आइसियुमा राखेर उपचार सुरु गरिएको थियो,’। ‘स्वास्थ्य थप जटिल भएपछि बिहीबार दिउँसोदेखि भने भेन्टिलेटरमा राखिएको थियो, तर राति ११ बजे उनको निधन भएको हो।’वीरगन्जमा बिहीबार नै कोरोना संक्रमित अन्य दुई जनाको पनि मृत्यु भएको थियो । मृत्यु हुनेमा वीरगञ्ज उपमहानगरपालिका १६ नगवाका ३५ वर्षीय युवा र वीरगञ्ज २ छपकैयाका ६५ वर्षीय वृद्ध छन् ।दुई जनामा मृत्युपछि कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको हो भने कोरोना पुष्टि भएका एक भारतीय नागरिकको उपचारको क्रममा ज्यान गएको हो । । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५५ पुगेको छ ।


