चन्द्रपुर १६,साउन
संस्थागत विद्यालय शिक्षक युनियन (इष्टु) को चन्द्रपुुर नगर कमिटीले विद्यालय संचालन गर्न वातावरण मिलाइदिन भन्दै चन्द्रपुर नगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ । इष्टु चन्द्रपुरका अध्यक्ष सुशिल विकको नेतृत्वमा गएको टोलीले नगर उप प्रमुख रामरती चौधरी, प्रमुख प्रशासकिय अधिकृत कृष्ण सिग्देल तथा शिक्षा शाखा प्रमुख दिपेन्द्र मण्डललाई ज्ञापन पत्र बुझाएको हो । सो ज्ञापनपत्रमा लकडाउनको अन्त्यसँगै जोखिम रहेता पनि चन्द्रपुर नगरपालिकामा रहेका स्थानीय हाटबजार, व्यापारिक केन्द्र, विभिन्न पसलहरू, बैंक तथा वित्तीय संस्थाहरु, विभिन्न सरकारी कार्यालयहरु निजी तथा सार्वजनिक यातायातका साधनहरु , चिया पसल , रेस्टुरेन्ट होटेल तथा लजहरू पनि सञ्चालनमा आइसकेकाको अवस्थामा साना बालबालिकाको सुनौलो भविष्यको निर्माणमा विशिष्ट योगदान पुर्याइरहेका विद्यालय क्षेत्र भने अझै ओझेलमा परेका भन्दै यथासक्य चाँडो आवश्यक स्वास्थ्य सुरक्षा अपनाएर विद्यालय खोल्ने वातावरण मिलाउन आग्रह गरिएको छ ।
लामो समयसम्म विदालय बन्द रहँदा विद्यालय प्रशासन , शिक्षक , कर्मचारी , विद्यार्थी तथा अभिभावकहरु अन्यौलताको शिकार भएका र बालबालिकाहरू शिक्षा जस्तो नैसर्गिक अधिकारबाट पनि बञ्चित भएका विद्यालय खोल्नुपर्ने ज्ञापनपत्रमा उल्लेख छ । लकडाउनको सुरुवात देखिनै अनलाइनमार्फत विद्यार्थीहरूलाई शिक्षा प्रदान गर्दै आइरहेकोमा सो त्यति धेरै प्रभावकारी नहुने भन्दै विद्यालय खोलेर शिक्षण सिकाइ सुरु गर्नुपर्ने माग सहित ज्ञापन पत्र बुझाइएको इष्टु रौतहटका संयोजक धुर्व सिग्देलले बताउनुभयो ।
विद्यालय जान नपाउँदा हालका दिनहरुमा बालबालिकाहरुले चिन्तित र डरको महसुष गरिरहेकोे उनीहरु मानसिक र शारिरीक क्षेत्रमा ठूलो नकारात्मक असर पर्दै गइरहेका यसलाई कम गराउन पनि विद्यालय संचालन हुनुपर्ने माग गरिएको इष्टु चन्द्रपुरका सचिव रविन्द्र खड्काले बताउनुभयो । विद्यालयहरुले विद्यार्थीका लागि मात्र शिक्षा र सामाजिक समर्थन मात्र प्रदान नगरी महत्वपूर्ण बाल हेरचार पनि गर्ने भएकाले विद्यालय खुल्दा विद्यालयमा विद्यार्थीहरुमा कोरोना भाइरस सम्बन्धि चेतनामूलक जानकारी प्रदान गरिन्छ जून जानकारी उनीहरुले आफ्नो गाउँ, समाज र घरपरिवारमा बाड्ने हुँदा यसले कोरोना नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्न सक्ने उहाँको भनाइ छ ।
सो ज्ञापनपत्रमा अब उप्रान्त यस स्थानी तह कार्यान्वयन गर्ने शिक्षा नीति तथा शिक्षकका हकहित एवम् क्षमता अभिवृद्धिका कुनैपनि कार्यक्रमहरुमा हामी संस्थागत विद्यालयमा अध्यापन गर्ने शिक्षकहरुलाई पनि सरकारी विद्यालयका शिक्षक सरह अवसर तथा अधिकार प्रदान गर्न हामी ध्यानाकर्षण गराइएको इष्टु चन्द्रपुरका उपाध्यक्ष संजित कुमार चौधरीले जानकारी दिनुभयो ।
ज्ञापनपत्र बुभ्mदै नगर उपप्रमुख रामरत्ती चौधरीले ज्ञापन पत्रमा रहेका सबै मागहरु जायज भएकाले समुदायमा कोरोना संक्रमणको अवस्था मुल्याङ्न गरेर चाँडैनै नगरपालिकाले विद्यालयहरु संचालन गर्ने सम्बन्धमा निर्णय गर्ने बताउनुभयो । उहाँले छिमेकी जिल्लाहरुमा समुदायमा संक्रमण देखिएको अवस्थामा तत्काल विद्यालय खोल्नु निकै जोखिमयुक्त भएकाले चन्द्रपुरमा समुदायमा नदेखिएको अवस्थामा भने भदौदेखि विद्यालय संचालन गर्नदिने तयारीमा नगरपालिका लागिपरेको जानकारी दिनुभयो ।