रौतहट,१६ साउन । रौतहटमा तस्कर र वन कर्मचारीबिच गोलि हानहान भएको छ । जिल्लाको बृन्दावन सब डिभिजन वन कार्यालय मातहतको वनमा शुक्रबार साझ दोहोरो गोलि हानाहान भएको डिभिजन वन कार्यालय,चन्द्रनिगाहपुरले जनाएको छ ।
तस्कर लाई नियन्त्रणमा लिन वन कर्मचारीले ४ राउन्ड हवाई फायर गरेको डिभिजन वन कार्यालय रौतहटका प्रमुख बिनोद सिंहले जानकारी दिनुभयो । तस्कर पक्राउ गर्न गएको ससस्त्र वन रक्षक टोलिले एक थान साइकल, चार थान साल जातको गोलाइ सहित एक जना काठ तस्करलाइ पक्राउ गरेको छ । पक्राउ परेका काठ तस्करको नाम खुल्न सकेको छैन ।


