रौतहट , २१ साउन । आउँदो २४ गते सनिबारदेखि रौतहटजिल्ला शटडाउन हुने भएको छ । रौतहट लगायत छिमेकी जिल्लाहरूमा समेत कोरोनाको संक्रमण बढेसँगै यहाँ पनि सटडाउन हुनेभएको छ । रौतहटमा पनि समुदायमा संक्रमण फैलिने त्रास भएकाले जिल्लालाईनै सटडाउन गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार रौतहट जिल्ला २४ गतेदेखि ३२ गतेसम्म पूर्णरूपमा सटडाउन गरिने भएको छ । शटडाउन भर सरकारी,निजि सबै कार्यालय ,बजार,यातायात सबै बन्द रहने उहाले जानकारी दिनुभयो ।


