कानुनमन्त्री यादवलाई कोरोना संक्रमण

बिरगंज,२२ साउन । प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवलाई कोरोना संक्रमण पुष्टि भएको छ । हिजो प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको स्वाब परिक्षणमा पोजेटिभ देखिएको स्वास्थ्य निर्देशनालयका सुचना अधिकारी विजय झाले जानकारी दिनुभयो । बुधबार साँझ आएको रिपोर्टमा मन्त्री यादवलाई कोरोना पोजिटिभ पुष्टि भएको हो । मन्त्री यादव सहित प्रदेश सांसद रिना यादवलाई पनि कोरोना पोजिटिभ भएको छ । कोरोना संक्रमित पुष्टि भएका प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादव केहिदिन पूर्व काठमाडौंमा उच्च स्तरीय भेटघाट गरेको खुलेको छ । कोरोना संक्रमणको रिपोर्ट आउनु पूर्व मन्त्री यादवले प्रधानमन्त्री केपी शर्मा ओली लगायतसंग उच्चस्तरीय भेटघाट गरेको खुलेको हो । काठमाडौंमा प्रधानमन्त्री निवास बालुवाटारमा संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रस्ताव पारित गर्न प्रहरी समायोजन सम्बन्धी समन्वय समितिको बैठकमा सहभागी भई देशकै शीर्ष नेताहरूसँग भेटघाट गरी गएको आइतबार फर्किएका थिए । उहाँले प्रधानमन्त्री ओली, गृहमन्त्री रामबहादुर थापा (बादल), ७ वटै प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रीहरू, गृह सचिव, गृहमन्त्रीका सल्लाहकार, प्रहरी महानिरीक्षक लगायतसँग भेटघाट गरेका थिए । मन्त्री यादव मन्त्रालयको निवासमै होम आइसोलेसनमा बसेका छन् । यसैगरी, जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर साह र उपमेयर रिता मिश्रको सचिवालय र पारिवारिक सदस्यहरु पनि संक्रमित भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles