हातेमालो सामुदायिक वनको १५औं साधारणसभा सम्पन्न

चन्द्रपुर,२२ साउन । हातेमालो सामुदायिक वन उपभोक्ता समुहको १५ औं तथा वन ब्यवस्थापनको तेस्रो साधारणसभा आज बिहीवार सम्पन्न भएको छ । प्रदेशसभा सदस्य धनलाल ठोकरको प्रमुख आतिथ्यमा भयको साधारण सभामा ०७६-७७ को प्रगती विवरण,०७७-७८ को बार्शिक कार्ययोजना प्रस्तुत गरिएको थियो ।

साधारणसभाले ०७६-७७ को आय ब्यय अनुमोदन गर्दै विभिन्न ब्यक्तित्वलाई सम्मानित समेत गरेको छ । समुहले गत आ.ब.मा ९८ लाख बराबरको आय ब्यय विवरण सार्बजनिक गर्दै २१ लाख बचत गर्न सफल भयको छ । समुहका अध्यक्ष रामलाल ठोकरको सभाअध्यक्षमा भएको कार्यक्रममा ४ जना जेष्ठ नागरिक,साहित्यकार हरिकृष्ण काफ्लेलाई सम्मान गरिएको छ ।गरिब बिपन्न जेहेन्दार बिद्यार्थीलाई पुरस्कार बितरण,अपाङ्गलाई सम्मान,डडेलो नियन्त्रण समुहलाई पुरस्कृत गरिएको समुहले जानकारी दिएको छ । प्रदेससभा सदस्य ठोकरले समुहको कामको प्रसंशा गर्दै जिल्लाकै सफल वन उपभोक्ता समूह हालेमालो रहेको बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles