काठमाण्डौ । गृहमन्त्रालयले सवारी पास वितरण नगर्न निर्देशन जारी गरेको छ ।
गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयबाट जारी हुँदै आएको सवारी पास वितरण नगर्न निर्देशन दिएको छ । मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै कोभिड १९ संक्रमणको उच्च जोखिमलाई मध्यनजर गर्दै देशभरीकै जिल्ला प्रशासनले दिदैं आएको पास अर्को व्यवस्था नभएसम्म भोलिदेखि लागु हुने गरी वितरण नगर्न आदेश दिएको हो । गृहको आदेशसंगै सबै सवारी पास स्वतःखारेज हुनेछन ।


