रौतहट ३१ साउन । रौतहटको चन्द्रनिगाहपुर सरकारी अस्पतालले आकस्मिक सेबा संचालनमा ल्याएको छ । चन्द्रपुर नगरपालिकाका प्रमुख रामचन्द्र चौधरीले हिजो एक समारोहका बीच आकस्मिक सेबा भबनको उदघाटन गर्नु भएको हो । प्रारम्भमा पाँच शैया बाट आकस्मिक सेबा संचालनमा ल्याइएपनि चाडैनै यस्को समेत बिस्तार गरिने भएको छ । आकस्मिक सेबा भबनको उदघाटन गर्नुहुदै चन्द्रनिगाहपुर सरकारी अस्पताल ब्यबस्थापन समितिका अध्यक्ष एबम चन्द्रपुर नगरपालिकाका प्रमुख रामचन्द्र चौधरीले अस्पतालको बिकास, डाक्टर र नर्सको दरबन्दि एबम अस्पताल लाई चाहिने उपकरण जडानका कार्य गरी सुबिधा सम्पन्न अस्पताल बनाउदै लगिने बताउनु भयो । चन्द्रपुरका नागरिक लाई सहजै स्वास्थ्य सेबा प्रदान गर्ने गरी अस्पतालको बिकास गरिने बताउनु भयो । दुई बर्ष देखि पोष्टमार्टम घर बनाउन बजेट बिनियोजन गर्दै आएको भएपनि निर्माण हुन नसकेको पोष्टमार्टम भबन यसआर्थीक बर्षमा भने निर्माण गरि छाडने उहाले बताउनु भयो । सो कार्यक्रममा स्वास्थ्य संयोजक अभय ठाकुरको अनुपश्थिती भएपछि आलो चना समेत भएको थियो । पछिल्लो समय स्वास्थ्य संयोजकको निस्क्रियताले कोरोना भाईरसको नियन्त्रण अभियानमा चन्द्रपुर नगरपालिकाले खासै सफलता पाउन नसकेको सचारकर्मी अनमोल काकीले बताउनु भयो । सो उदघाटन समारोहमा चन्द्रनिगाहपुरका सरकारी अस्पतालका डाक्टर श्याम बाबु साहले अस्पतालले सबै प्रकारको बिरामीको उपचार सुबिधा पुरयाउदै आएको बताउनु भयो । सो उदघाटन समारोहमा वडाअध्यक्ष अमर आले र संजय काफले, संचारकर्मी संजय कार्की, अनमोल कार्की, अशोक पहाडी, लगायत अस्पतालका स्वास्थ्यकर्मी, कर्मचारी लगायतको उपश्थिती रहेको थियो ।


