चंद्रपुर । मेची महाकाली बुहारी संयुक्त आवाज रौतहटको जिल्ला समिति गठन भएको छ । पुजा पाठक तिमलसिनाको अध्यक्षतामा १६ सदस्यीय समिति गठन भएको हो । समितिको उपाध्यक्षमा ज्योती कुमारी फुयांल,सचिवमा जयमाला चौधरी,सहसचिवमा प्रमिला देवकोटा,कोषध्यक्षमा रत्ना चौधरी,सदस्यहरुमा अनिता घिमिरे,दमयन्ती घिमिरे,कोलिा तिमलसिना,बिमाला फुंयाल,दिपा फुंयाल,सुजु सिग्देल,रत्ना लामा,नानु पोखरेल चयन भएका छन् । त्यस्तै चन्द्रपुर नगरपालिकाकी उम—मेयर रामरती चौधरी,महिला अधिकारकर्मी देवकी नेपाल समितिको सल्लाहकारमा चयन भएका छन । त्यस्तै समितिको प्रेस सल्लाहकारमा अनिता राउत चयन भएकी छन् । पछिल्लो समयमा देशभरनै छोरी,चेली र बालबालिकाहरु बिरुद्ध बिभिन्न बहानामा हिंसा बढ्दै गएकाले बुहारी संयुक्त आवाजले महिला तथा बालबालिकामाथी हुने हिंसाका बिरुद्ध देशैभर अभियान चलाउने लक्ष लिएको जिल्ला संयोजक तिमलसिनाले जानकारी दिनुभयो ।


