रौतहटमा १४ गतेसम्म निषेधाज्ञालाई निरन्तरता

रौतहट, ६ भदौ । समुदायमा संक्रमण देखिएको भन्दै स्थानिय प्रशासनले साउन २४ गतेदेखि देखि ३२ गतेसम्मको लागि भनिएको निषेधाज्ञालाई भदौ १४ गतेसम्म थप गरेको छ ।

यसअघि स्थानिय प्रशासनले निषेधाज्ञालाई भदौ ७ गतेसम्मलाई निरन्तरता दिइएको थियो । जिल्ला प्रशासन कार्यालय रौतहटले आज एक सुचना जारी गर्दै आज बसेको जिल्लास्तरीय कोभिड–१९ संकट ब्यवस्थापन केन्द्रको निर्णय अनुसार निषेधाज्ञालाई १४ गतेसम्म निरन्तरता दिने निर्णय गरेको हो ।
जिल्लामा अझैपनि कोरोना भाइरसको संक्रमितहरुको संख्या दिनानुदिन बढदै गइरहेको र संक्रमणको जोखिमको सम्भावना समेत उच्च रहेकोले थप एकहप्ताको लागि निषेधाज्ञालाई निरन्तरता दिइएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनुभयो ।
उहाँले निषेधाज्ञाको अवधिमा आम नागरिकहरुलाई अतिआवश्यक उपभोग्य खाद्यान्न सामग्रीको आपुर्तिलाई सहज बनाउन खाद्यान्न पसलहरु र निर्माण सामग्रीका पसलहरु प्रत्येक दिन विहान ७ बजेदेखि विहान ११ बजेसम्म स्वास्थ्य सुरक्षा अपनाएर खोल्न दिइने बताउँदै स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्डको उल्लंघन गर्नेरगराउने वा कार्यान्वयनमा अवरोध गर्ने्गराउने उपर संक्रामक रोग ऐन, २०२० तथा स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम कडा कारवाही गरिने चेतावनी दिनुभयो ।
पसलहरु खोल्दा बिक्रेता तथा उपभोक्ताहरुले स्यानिटाइजर, मास्क तथा पन्जाको अनिवार्य प्रयोग गर्ने , मास्क नलगाई आउने उपभोक्ताहरुलाई मालसामान बिक्री बितरण नगर्ने, अनिवार्य रुपमा भौतिक दुरी कायम गरी मात्र बिक्री बितरण गर्ने शर्तहरु कडाइका साथ पालना गरिनुपर्ने जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत किरणनिधि तिवारीले जानकारी दिनुभयो ।

त्यसैगरी निषेधाज्ञा अवधिभर जिल्लाभर बैंक तथा वित्तिय संस्थाहरु प्रत्येक दिन विहान ७ बजेदेखि विहान ११ बजेसम्म र भौतिक निर्माणका कार्यहरु नेपाल सरकारद्वारा जारी स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्डको पूर्ण पालना गरि गराई संचालन गरिने एवम् निर्माण सामग्री ढुवानी तथा खाद्यान्न सामग्री ढुवानीका सवारी साधनहरुलाई नेपाल सरकारद्वारा जारी सबै स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्डको पूर्ण पालना गरि गराई संचालन गर्न छुट दिइएको उहाँले बताउनुभयो ।
तर बैंक तथा बित्तिय संस्थाहरुको सेवा लिन तथा खाद्यान्न सामग्रीहरु खरिद गर्न जाँदा आउँदा उपभोक्ताले सवारी साधनको प्रयोग गर्न नपाइने उहाँले प्रष्ट पार्नुभयो ।
साभारः news24

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles