खाना खान बसेका पुजारीको हत्या गर्नेलाई तुरुन्त पक्राउ गरि कारवाही गर्न कांग्रेसको माग

गौर। बुधबार गोली हानी हत्या भएको पुजारी साहको हत्यारालाई तुरुन्त पक्राउ गरि कारवाही गर्न नेपाली कांग्रेस जिल्ला समिति रौतहटले माग गरेको छ । जिल्लाको माधवनारायण नगरपालिका २ खेसहरिया टोल नजिकै रहेको हनुमान मन्दिरको पुजारी श्रीराम साहको गत बुधबार खाना खाने समयमा गोलि हानी हत्या भएको थियो। हत्या भएको दुइ दिन बितिसक्दा पनि अझै हत्यारा पत्ता नलागेकोले तुरुन्त अनुसन्धानलाई तिब्र बनाएर हत्यारा पक्राउ गरि कारबाही गर्न नेपाली कांग्रेस जिल्ला समिति रौतहटले एक प्रेस बिज्ञप्ति मार्फत माग गरेको छ । पुजारीको गोलि हानी विभत्स हत्या भएको र अझै सम्म हत्यारा पत्ता नलागेको कारण नेपाली कांग्रेस समितिले जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय समक्ष जोडदार माग गरेको नेपाली कांग्रेस जिल्ला सभापति कृष्ण प्रसाद यादवले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles