गरुडा । रौतहटमा हत्या आरोपमा पक्राऊ परेका एक युवाको मृत्यु भएको छ। जिल्लाको गरुडा नगरपालिका जिंगडियाका – ८ का बिजय महराको गएराती मृत्यु भएको थियो। उनि सोहि गाउका दलित युवा निरन्जन राम को हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका थिए। घटनाको छानबिन गर्नका लागि प्रहरीले ( ७)सात जनालाई थुनामा राखेको छ । यसमा पक्राउ अभियुक्तहरुमध्येका महरा प्रहरीको चरम लापरबाहीका कारण गएराति मृत्यु भएको भन्दै नेपालि कांग्रेसले घोर भत्सना गरेको छ। नेपाली कांग्रेस रौतहटका उपसभापति तथा गरुडाका मेयर प्रत्यासी सुनिल कुमार यादबद्वारा हस्ताक्ष्यरित बिज्ञप्तिमा प्रहरी हिरासतमा रहेको बेला कानुन बमोजिम अनुसन्धान नगरी अनावश्यक तरिकाले यातना दिएर दलित व्यक्तिलाई मृत्यु हुने गरि यातना दिनु न्याय प्रतीको उपास भएको भन्दै यस्ता किसिमका अपराधी शैलिमा प्रस्तुत भइ गैर जिम्मेवार तरिकाले गरेको अनुसन्धान आफैमा घोर निन्दनीय रहेको र यसमा संलग्न जोसुकै प्रहरी प्रशासन लाई कानुन बमोजिम बर्खास्ती गरि विशेष छानबिन गरि दोषीलाई कानुन बमोजिम सजायको माग गरिएको छ। यस्ता किसिमका घटना प्रती नेपाली कांग्रेस रौतहटको ध्यानाकर्षण जनाउदै बिज्ञप्तिमा, दोषी उन्मुक्ति दिन आर्थिक प्रलोभनमा परी अपराधको सही अनुसन्धान नगर्ने र निर्दोषलाई मानसिक यातना दिएर घटना ढाकछोप गर्न मनसाय भएको प्रष्ट देखिएको जनाइएको छ । मृतकको परिवारलाई २० लाख क्षतिपूर्ति र यसमा संगलन प्रहरीलाई हदैसम्म कडा भन्दा कडा कानुन बमोजिम कार्वाही गर्न एवम मृतक आत्माको शान्तिको कामग गर्दै सरकारले न्याय नदिए नेपाली कांग्रेस आन्दोलन गर्न बाध्य हुने विज्ञप्तिमार्फत जनाईएको छ।


