रौतहट। रौतहट र मोरङमा भएको दुई घटनाको गहिरो अनुसन्धान गर्न नेपालि कांग्रेसका नेता विश्वप्रकाश शर्मा गरेका छन्। रौतहट र मोरङमा राज्यको नियन्त्रण र जिम्मेवारीमा रहेका दुई युवाहरूको शंकास्पद ढंगले आज भएको मृत्युको घटनाप्रति नेपाली कांग्रेसको ध्यान गम्भीरतापूर्वक आकृष्ट भएको जनाउदै उनले रौतहटको इलाका प्रहरी कार्यालय गरुडामा केहि दिन देखि हिरासतमा रहेका बर्ष १९ का बिजय महरा परिवारका सदस्यले दिएको जानकारी अनुसार स्वस्थ र हट्टाकट्टा युवक भएपनि आज अकस्मात बिरगंजको एक अस्पतालमा उनको निधन भएको खबर थाहा पाउँदा परिवारजन र स्थानीयवासी आक्रोशित हुनु स्वभाविक रहेको बताए। नेपाली कांग्रेस रहस्यमय ढंगले भएको उनको मृत्युबारे गहिरो अनुसन्धान गरेर वास्तविकता बाहिर ल्याउन सरकार समक्ष माग गर्दछ । त्यस्तै मोरङको जिल्ला कारागारमा रहेका बर्ष २६ का युवा निराजन यादवको आजै अपरान्ह कोशी अस्पताल पु¥याए लगत्तै भएको मृत्यु बारे शंकास्पद विवरणहरु बाहिर आएका छन् । घटनाको सत्यतथ्य अनुसन्धान मार्फत सार्वजनिक गर्न नेपाली कांग्रेस माग गर्दछ ।धनुषाको सबैला नगरपालिकाका शम्भु सदाको प्रहरी हिरासतमा जेठ २७ गते मृत्यु भएको घटनाको अढाई महिना पुग्दै गर्दा उस्तै प्रकृतिका घटनाहरु दोहोरिनु अत्यन्तै दुःखद छ । एकपछि अर्को उस्तै घटना हुँदै जांदा नेपाल प्रहरीको छविलाई त्यसले पु¥याउने असरप्रति गम्भीरताका लागि यसको नेतृत्वलाई समेत सजग गराउंदै नेपाली कांग्रेस वास्तविकता सार्वजनिक गर्ने र आवश्यक कार्वाहीको प्रक्रियामा जाने कार्यमा कुनै मोलाहिजा नगर्न सरकार समक्ष आग्रह र माग गर्दछ ।पुजारी हत्याको अनुसन्धान बारे विशेष ध्यानाकर्षण रौतहट माधवनारायण नपाको एक मन्दिरका पूजारी राम साहको हत्याको दोषीलाई कानुनको कठघरामा खडा गर्न अनुसन्धानमा विशेष तदारुकताका लागि पनि नेपाली कांग्रेस सरकारको विशेष ध्यानाकर्षण गराउंदछ ।
जय नेपाल !विश्वप्रकाश शर्मा प्रवक्ता एवं प्रमुख सूचना, संचार तथा प्रचार विभाग


