दुई जिल्लालाई जोड्न वैकल्पिक सडक मार्गको निर्माण

गढीमाई,१ असोज । रौतहट र सर्लाही जिल्लाका बासिन्दालाई आवतजावत गर्नका लागि वैकल्पिक सडक मार्गको निर्माण थालिएको छ । रौतहटको गढिमाई नगरपालिका र सर्लाहीको धनकौल गाउपालिकालाई जोड्ने गरि बैकल्पिक सडक बनाउन थालिएको हो । गढीमाई नगरपालिकाको पहलमा दुई जिल्लाका स्थानीयबासिन्दालाई आवतजावतमा सहज हुने मेयर श्याम प्रसाद यादबले बताए । दुई जिल्लाको सिमाना पर्ने बाग्मति नदिमा करिव एक बर्ष अघि नै पुल निर्माण भएपनि सडक अभावका कारण सञ्चालन हुन सकेको छैन । गढिमाई नगरपालिकाले सडक निर्माणमा पहल गरेपछि आवतजावतमा सहज हुने स्थानियको भनाई छ ।
वर्षातको समयमा सडक अभावका कारण साईकल र मोटरसाइकल आवतजावत गर्न पनि निकै समस्या हुने गरेको स्थानीय राजिब यादबले बताए । पूर्वमा सर्लाही जिल्ला भएपनि पुल निर्माण भएको स्थानदेखि रौतहटनै पर्ने भएकाले पूर्व पनि सडकको निर्माण गरेको गढिमाई नगरपालिकाले जनाएको छ । यसअघि नै नगरपालिकाले पुलसम्म पुग्ने सडक निर्माण गरिसकेको भएपनि पुर्वपट्टिको सडक नहु“दा आवतजावतमा कमि आएको थियो । सर्लाहीको धनकौल गाउ“पालिकासंग समन्वय गरेर सडक निर्माणको कार्य गरिएको गढिमाई नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नागेन्द्रप्रसाद यादवले बताए । सडक निर्माणका लागि करिब एक करोड रुपैया“ खर्च लाग्ने अनुमान नगरपालिकाको छ । संघिय तथा प्रदेश सरकारले सडक निर्माणमा चासो नदिएका कारण नगरपालिकाले आफ्नै पहलमा सडक निर्माण सुरु गरेको मेयर यादबले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles