रौतहटमा आजबाट निषेधाज्ञा खुकुलो पारियो,शैक्षिक संस्था खोल्न भने छैन अनुमती

गौर,१ असोज। रौतहटमा आजबाट निशेधाज्ञा खुकुलो हुने भएको छ ।
कोरोना भाइरस (कोविड—१९) को संक्रमणका कारण रौतहट प्रशासनले जारी गरेको निषेधाज्ञा असोज १ गते यानिकी आज देखि खुकुलो हुने भएको छ । समुदाय एवं सर्वसाधारणमा कोरोना संक्रमणको जोखिम कम गर्न स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ तथा संक्रमण रोग ऐन, २०२० को दफा २ बमोजिम भदौ मसान्त सम्म जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा लागु गरेको थियो । जिल्ला भित्र रहेका सबै किसिमका व्यापार व्यवसाय, उद्योग, सरकारी कार्यालय तथा गैरसरकारी संस्थाहरु, बैंक वितिय संस्था, जिल्ला भित्र संचालन हुने यात्रुबाहक सवारी साधनहरु आजदेखी संचालनमा आउने भएका छन् । यद्यपी विद्यालय, कलेज, क्याम्पस लगायतका शैक्षिक संस्थाहरुलाई भने संचालनको अनुमति प्रशासनले दिएको छैन । यसका कारण विद्यालय र कलेज संचालन हुने वा नहुने भन्ने अन्यौल छ । दैनिक जीवनलाई थप कष्टकर हुन नदिन मठमन्दीर, विद्यालय तथा सबै किसिमका सभा जुलुस, सिनेमा हल बाहेक अन्य दैनिक जीवनका कार्यहरुलाई संचालनको अनुमित दिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । नेपाल सरकारद्धारा जारी भएको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्डको अनिवार्य रुपमा पालना गर्ने शर्तमा निशेधाज्ञा खुकुलो गरिएको प्रजिअ यादबले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles