देशैभर आज आदि शिल्पकार भगवान विश्वकर्माको पूजा गरिंदै

चन्द्रपुर,१ असोज । रौतहट लगायत देशैभर आज विश्वकर्मा पूजा मनाईदैंछ ।
विश्वका आदि शिल्पकार भगवान विश्वकर्माको पूजा आज असोज १ गते मनाइदैछ । आजका दिन भगवान विश्वकर्माको जन्म भएको धार्मिक विश्वास छ । विश्वकर्मा पूजा कन्या संक्रान्तिको दिन मनाउने गरिन्छ । विश्वकर्मा पूजाको दिन उद्योग, कलकारखाना र हरेक किसिमका मेसिनहरुको पूजाआजा गरिन्छ ।
यो पूजा सबै कलाकार, शिल्पकार र औद्योगिक घराना, व्यापारी र मजदुरहरुले गर्छन् ।
आजका दिन धेरैजसो कलकारखाना बन्द रहन्छ र मानिसहरुले हर्षोल्लासको साथमा भगवान विश्वकर्माको पूजा गर्छन् । भगवान विश्वकर्माले नै देवताहरुका लागि अस्त्रहरु, भवनहरु तथा मन्दिरहरुको निर्माण गरेका थिए । उनले सृष्टिको रचनामा भगवान ब्रम्हालाई सहयोग गरेका थिए । उनलाई विश्वकै पहिलो शिल्पकार समेत मानिन्छ । शिल्पकार खासगरी ईन्जिनियरिङ काममा सक्रिय व्यक्तिहरुले उनलाई आफ्ना आराध्य देव मान्दछन् र उनको विशेष पूजा गर्छन् । कोरोना भाइरसका कारण बन्दाबन्दीको मारपा परेका यातायात,कलकारखाना क्षेत्रका व्यक्तिहरु बन्दाबन्दीका कारण गत बर्षको चैत यता व्यवसाय संचालन गर्न नपाएका कारण आर्थिक मारमा परेका छन् ।

https://www.janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg