रौतहट, असोज ९ । राष्ट्रिय मानवअधिकार आयोगका माननीय सुदिप पाठकको नेतृत्वमा आएको टोलीले रौतहटमा कोभिड–१९ र बन्दाबन्दिको अवधिमा मानव अधिकारको अवस्थाको बारेमा बुझ्दै गौर कारागारको निरीक्षण समेत गरेको छ। कोभिड–१९ का कारण प्रभावित पारेको क्षेत्रमा प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादव , रौतहट प्रहरी प्रमुख एस .पि .सिद्धी बिक्रम शाह, शसस्त्र प्रहरी प्रमुख , राष्ट्रिय अनुसन्धानका प्रमुख अभय कुमार सिंह , गौर कारागार प्रमुख , सरकारी वकिल कार्यालयका कार्यालय प्रमुख , नेपाली सेनाका प्रमुख , नेपाल बार एसोसिएसन रौतहटका अध्यक्ष राजाराम यादव र नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष रबिन्द्र प्रसाद साहले बन्दाबन्दीको अवधिमा मानव अधिकारको अवस्थाको बिषयमा जानकारी गराएका थिए। प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा सरोकारवालाहरुले मानव अधिकार अवस्थाको बारेमा जानकारी गराएपछि गौर कारागारको निरीक्षण गरिएको थियोे ।
गौर कारागारमा रहेका बन्दीहरुको अवस्था र कोभिड १९ बाट प्रभावित बन्दीको सुरक्षाको लागि अपनाउने सेवा सुबिधा बारे जानकारी लिदै कारागार सुधारमा तत्काल अपनाउने सुबिधा उपलब्ध गराउन राष्ट्रिय मानव अधिकार आयोगका सदस्य माननीय सुदिप पाठकले प्रमुख जिल्ला अधिकारीलाई आग्रह गदै अन्य सेवा सर्तका लागि नेपाल सरकारलाई दबाब दिने बताए ।
गौर कारागारमा मानव अधिकारको सवालमा व्यापक उलंघन भएको र क्षमता भन्दा बढी कैदी रहेकोमा त्यस तर्फ सबैको ध्यानाकर्षण होस् भनि कारागारका बन्दीहरुले गुनासो पोखेको थिए ।


