तरुण दलले मनायो स्व.लौहपुरुष गणेशमानको २३ औ स्मृति दिवस

रौतहट ०९ असोज
रौतहटको चन्द्रपुरमा स्व.लौहपुरुष गणेशमान सिंहको २३ औ स्मृति दिवसको अवसरमा श्रद्धाञ्जली तथा अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल तरुण दल जिल्ला कार्य समिति रौतहटको आयोजना तथा तरुण दल चन्द्रपुर नगर समितिको सहकार्यमा सो कार्यक्रम सम्पन्न भएको हो । नेपाली कांग्रेस चन्द्रपुर नगरपालिका वडा नं. ४ स्थित पार्टी कार्यलयमा स्व. लौहपुरुष गणेशमान सिंहको २३ औ स्मृति दिवसको अवसरमा सप्ताव्यापी कार्यक्रम अन्तर्गत श्रद्धाञ्जली अर्पण तथा नेता कार्यकर्ताबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । प्रमुख अतिथि प्रतिनिधि सभाका सांसद देव प्रसाद तिमल्सिनाले गणेशमान सिंह नेपालको प्रजातान्त्रिक लडाइमा ती वीर पुरुष हुन जसले जनतासंग सञ्चारलाई सधै ताजा राख्न संगठानिक कार्यलाई अगाडी बढाउनका लागी राणकालीन अत्यन्त संवेलनशील जेल पनि तोडेर वाहिर खुल्ला हावामा निस्कन सफल भएको जिकिर गर्नु भयो ।


नेपालमा ’राष्ट्रियताको संरक्षण र संवर्धन गर्दै प्रजातान्त्रिक समाजवाद’ स्थापना गर्ने नारा लिएको नेपाली कांग्रेसले वर्तमान सन्दर्भमा राष्ट्रियता, लोकतन्त्र, समाजवादको आदर्श एवं सिद्धान्तअनुरूप सङ्घीय गणतन्त्रात्मक राज्य, बहुलवादमा आधारित बहुदलीय व्यवस्था तथा संसदीय शासन प्रणालीको माध्यमबाट नेपालमा न्यायपूर्ण गतिशील र शान्तिपूर्ण समाजको निर्माण गरी सामाजिक, राजनीतिक तथा आर्थिक विकाश गर्नमा कार्यकर्ताहरुलाई तिमल्सिनाले अपिल समेत गर्नु भएको छ । जनआन्दोलनको आवश्यकता, मर्म र उद्देश्यलाई व्यापक बनाउने क्रमसँगै संस्थालाई जीवन्त राख्न नेपाल र नेपालीको उन्नतिका लागि बलिदान दिन चाहने युवाहरूलाई सँगठित गर्नु पर्नेमा प्रदेश सांसद धनलाल थोकरले जोड दिनु भयो । कार्यक्रमका प्रमुख अतिथी रौतहट क्षेत्र नं ४ का संघिय माननीय देव प्रसाद तिमल्सिना, विशिष्ट अतिथी प्रदेश २ का माननीय धनलाल ठोकर, विशिष्ट अथिती नेपालि कांग्रेस क्षेत्रीय सभापती तथा वृन्दावन नगरपालिका मेयर रामस्नेही यादव लगायत पार्टीका नेता तथा भातृ संगठनका युवाहरुको सहभागीता रहेको थियो । नेपाल तरुण दल रौतहट जिल्ला सभापति नौसाद आलमले सभापतित्वमा सम्पन्न सो कार्यक्रम तरुण दल चन्द्रपुर नगर उपसभापति शम्भु थापाले सञ्चालन गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles