चन्द्रपुर ।चन्द्रपुर नगरपालिका ३ गैंडाटारमा सहरी स्वास्थ केन्द्रको उद्घाटन भएको छ । स्वास्थ्य केन्द्र उद्घाटनभए सङै स्वास्थ्य क्षेत्रमा निकै पछाडि परेको र प्राथमिक उपचारका लागि समेत चन्द्रनिगाहपुर पुग्नु पर्ने गैडटारबासीले अब आफ्नै ठाउमा स्वास्थ सेवा पाउने छ्न । रौतहट क्षेत्र नम्बर ४का प्रतिनिधिसभा सदस्य माननीय देब प्रसाद तिमल्सिनाको साम्सद बिकास कोष को ३० लाख रुपैयाँ बाट शहरी स्वास्थ केन्द्रको निर्माण गरिएको तिमलसिनाका स्वकीय सचिब मुकेश गिरिले जानकारी दिए । सामन्य झाडापखाला,ज्यरो,रुघाखोकी जस्ता समस्या आउँदा समेत चन्द्रनिगाहपुर जानुपर्ने बाध्यता अब हट्ने समाजसेवि राजु धामीले बताए । सहरी स्वास्थ्य केन्द्र बने सङै गैंडाटारबासी हर्सित बनेका छन ।



