रौतहट ,१५ असोज
चन्द्रनिगाहपुर सिटी जेसीजले अस्पतालमा रहेका बिरामीहरुलाई फलफुल बितरण गरेको छ । बिहिवार रौतहटको चन्द्रपुनिगाहपुरस्थित चन्द्रपुर अस्पतालमा उपचार गराइ रहेका बिरामीहरुलाई फलफुल बितरण गरिएको हो ।जेसिस सप्ताह २०२० को आज दोश्रो दिनको पहिलो कार्यक्रम अन्तर्गत हस्पिटल मा रहेका बिरामीहरुलाई फलफूल वितरण कार्यक्रम सम्पन्न गरिएको चन्द्रपुर सिटि जेसीस परीवारले जनाएको छ । चन्द्रपुर हस्पिटलको सभाहलमा सम्पन्न औपचारिक कार्यक्रम २०२० का अध्यक्ष जेसी दिलिप सापकोटाको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथि डा सुवास चौधरी रहनु भएको थियो । कार्यक्रममा पुर्ब अध्यक्षहरु एवम शाखा पदाधिकारी र सदस्यहरूको समेत उल्खनिय उपस्थिति रहेको थियो । पुर्ब अध्यक्षको तर्फबाट जेसी अनन्त कुमार अधिकारी जेसिसको चन्द्रपुर जेसिसले गरेका कामहरुको प्रशंसा गर्नु भएको थियो । प्रमुख अतिथि डाक्टर सुवास कुमार चौधरीले अस्पतालमा रहेका बिरामीहरूलाई फलफुल बितरण गरेर उदारहरणीय काम भएको भन्दै जेसिसले यसरी नै समाजसेवाका कामहरूमा जोड दिनु पर्ने बताउनुभएको छ ।



