वनको जग्गा बिक्रिमा पुग्दा सम्म किन बोल्दैन वन कार्यालय ?

चन्द्रपुर । भुमाफियाको कब्जामा रहेको जग्गामा वन कार्यालय को मौनताले चन्द्रपुरमा भुमाफिया सक्रिय रहेको दर्साएको छ । भुमाफियाले चन्द्रपुर ,६ मा वनकै जग्गा मिचेर जग्गा प्लटिङ गरेर बिक्री गर्ने सम्मको खेल खेल्दा सम्म वन कार्यालय निद्रामा रहेको स्थानियले आरोप लगाएका छन । वडा नम्बर ६,बाल निकेतन बोर्डिङको दक्षिणतर्फ गरिएको प्लटिङमा हातेमालो सामुदायिक बनको करिब ४ कट्ठा जमिन भु माफियाले कब्जा गरेर बाटो खोलेर बेचबिखन सम्म गर्ने कार्य भएको उनले जानकारी दिए । भुमाफियाले सो जमिनमा रहेको जङली साज प्रजातिको ३ वटा रुख समेत रातारात गायब गरिदिदा समेत बन कार्यालय बेखबर हुनु अर्थपूर्ण रहेको स्थानीयले बताएका छ्न । १० कठ्ठा जमिन खरिद गरेर बनको ४ कट्ठा भन्दा बढी जमिन हडप्ने अनि बेचबिखन सम्म गर्न सुरु भैसकेको स्थानियले बताए । डिभिजन बन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख बिनोद सिंहको फोन सम्पर्क हुन सकेन । यता मालपोत कार्यालय चन्द्रनिगाहपुरमा भुमाफियाहरुले सो जमिन कित्ताकाट गर्ने आदेश गराउन लाखौंको चलखेल सुरु गरेको समाचार श्रोतको दाबी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles