वन जग्गा प्रकरण :भुमाफिया अर्याल आतंकित

चन्द्रपुर । चन्द्रपुरमा भुमाफिया सक्रिय भएको समचार जनसरोकारले प्रकाशन गरेपछि भु माफियाहरुले सक्तिकेन्द्र धाउन थालेका छन । भुमाफियाले कब्जा गरेको चन्द्रपुर ,६ को बनको जग्गाको विषय पेचिलो बनेको छ । बनको जग्गा मिचेर जग्गा प्लटिङ गरेर बिक्री गर्ने सम्मको खेल भु माफियाले गरेपछि ९८४१८५७०१८ नम्बर बाट समाचार हटाउन जग्गा ब्यापारी देबेन्द्र प्रसाद अर्यालले मालपोत कार्यालय चन्द्रनिगाहपुरका प्र्मुख भुप बहादुर बोगटीलाई प्रभाबमा पारेर काठमाडौस्थित घरमै पुगेर रौतहट ल्याउने अनि हाकिमको मान्छे भनेर धाक लगाउने कार्य समेत भयेको मालपोत श्रोतले जानकारी गराएको छ । बाल निकेतन बोर्डिङको दक्षिणतर्फ गरिएको प्लटिङमा हातेमालो सामुदायिक बनको करिब ४ कट्ठा जमिन भु माफियाले कब्जा गरेर बाटो खोलि सकेका छ्न । भुमाफियाले सो जमिनमा रहेको जङली साज प्रजातिको ३ वटा रुख समेत रातारात गायब गरिदिदा समेत बन कार्यालय मौन बसेको स्थानिय बासिन्दाको आरोप छ । १० कठ्ठा जमिन खरिद गरेर बनको ४ कट्ठा जमिन हडप्ने अनि बेचबिखन सम्म गर्न सुरु भैसकेको स्थानियले बताए । डिभिजन बन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख बिनोद सिंहले बनको जग्ग मिचिएको बारेमा बुझ्ने काम भैरहेको बताए । यता मालपोत कार्यालय चन्द्रनिगाहपुरमा भुमाफियाहरुले सो जमिन कित्ताकाट गर्ने आदेश गराउन लाखौंको चलखेल सुरु गरेको समाचार श्रोतको दाबी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles