रौतहटमा युवतीको शव फेला, हत्या आशंकामा काकाकाकी पक्राउ

असोज २२, २०७७
रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिका(४, छतौनाका महमद धुनियाकी १७ वर्षीया छोरी रोबिना मन्सुरीको शव बुधबार दिउँसो ४ बजे फेला परेको हो। छतौनाका ३३ वर्षीय फुल महम्मद, ४२ वर्षीय लाल महम्द, ५० वर्षीय नसरुद्दीन मन्सुरी र निजकै श्रीमती ४३ वर्षीया सहनाज मन्सुरीसहित चार जना मिलेर छिमेकी जनरल कवाडीको घरमा शव राखी फरार भएको प्रत्यक्षदर्शीले बताएका छन। किशोरीको शव राखिएको खबर पाउनासाथ इलाका प्रहरी कार्यालय गंगा पिपराबाट प्रहरी टोली तत्कालै घटनास्थल पुगेको थियो। प्रहरीले फुल महम्मद र सहनाज मन्सुरीलाइ नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरिक्षक सिद्धि बिक्रम शाहले जानकारी दिएका छन्‌। पक्राउ परेकाहरू मृतक युवतीका काका र काकी रहेको प्रहरी उपरिक्षक शाहले बताए। फरार व्यक्तिहरुको खोजी कार्य भइरहेको एसपी शाहले जानकारी दिएका छन। मृतकको घाँटीमा डाम जस्तो दाग देखिएको हुँदा शवलाई पोष्टमार्टम सहितको आवश्यक प्रकृया पूरा गर्न गौर अस्पतालमा लगिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles