रौतहट, २७ असोज
बौधिमाई नगरपालिकामा दक्ष चिकित्सक कर्मचारी सहित अत्याधुनिक सेवा सुविधा सहितको निर्माण सम्पन्न भएको स्वास्थ्य चौकी भवन मंगलवार एक कार्यक्रमको विच मेयर राजिव रंजन यादवले उदघाटन गरेका छन् ।
प्रदेश सभा ९ख० अन्तर्गत पर्ने बौधिमाई नगरपालिकाको वडा नं ५ कोपवा टोलमा मंगलबार एक कार्यक्रम विच स्वास्थ्य चौकी भवनको उदघाटन गर्दै मेयर यादवले मानव जीवनको आधारभुत आवश्यक्ता मध्ये स्वास्थ्य प्रमुख आवश्यक्ताको रुपमा रहेको छ । उनले भने यस नगरपालिका क्षेत्र स्वास्थ्यको दृष्टिकोर्णबाट धेरै पछि परेको हँुदा सोको आमुल परिवर्तनमा हामी लागि परेको छौं ।
कृषि उत्पादनमा किसानको आवश्यक हुने र मानिसको शरीरको हेरचाहका लागी प्रत्येक गाउँमा स्वास्थ्यकर्मी सहितको अस्पताल हुन अत्यन्त आवश्यक रहेको यादवको दावी रहेको छ ।उनले भने यसै क्षेत्रका नागरिकहरुले बर्षौ देखि भोग्नु परिरहेको स्वास्थ्य समस्या सधैको लागि अन्त्य भएको छ । नगर स्तरीय विकास योजना अन्र्तगत सो स्वास्थ्य चौकी निर्माण गरी मंगलबार भवनको सो भवनको उद्धघाटन गरिएको हो ।
स्वास्थ्य चौकी भवन उद्धघाटन कार्यक्रममा राकेश यादव, बौधिमाई नगरपालिका—६ पिपरियाको वडा अध्यक्ष हृदयनारायन यादव र बौधिमाइ नगरपालिका—५ को वडा अध्यक्ष बिजुली राय यादवको अध्यक्षमा कार्यक्रम सम्पन्न भएको छ ।


