रौतहट २९,असोज
रौतहट प्रहरी गस्ती टोलिले अबैध काठ बोकेको ट्याक्टरसहित एकजनालाई नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय बिजयपुरबाट गएको प्रहरी टोलिले आज बिहान अबैध सालको चिरान काठ बोकेको ट्याक्टरसहित एकजनालाई विशेष सूचनाको आधारमा नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा गढिमाई नगरपालिका( ६ का ट्याक्टर चालक रुपेश यादव छन्।फतुवा बिजयपुर नगरपालिका १० हिमालिबास स्थित मुख्य सडकमा चेकजाँचको क्रममा ना६ त ८०५१ नम्बरको ट्याक्टरबाट ३३ थान सालको चिरान काठ बरामद गरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी भरत श्रेष्ठले जानकारी दिनुभयो । अबैध काठ सहित बरामद ट्याक्टर र चालकलाई आवश्यक कार्वाहीको लागि डिभिजन वन कार्यालय रौतहटमा बुझाईने प्रवक्ता श्रेष्ठले बताउनुभयो।


