लोकेसवा आयोगले माग्यो ठूलो संख्यामा कर्मचारी

रौतहट २९,असोज
लोकेसवा आयोगले ठूलो संख्यामा कर्मचारी भर्नाको तयारी थालेको छ।कोरोना संक्रमण बढ्दै गए पनि आयोगले वार्षिक कार्यतालिकाअनुसार नै परीक्षा सञ्चालन गर्नेगरी तयारी अघि वढाएको हो।राजपत्रांकित प्रथम श्रेणी ९सहसचिव० र द्वितीय श्रेणी ९उपसचिव पद० को रिक्त स्थान पूर्तिका लागि आयोगले बुधबार ६ सय ३८ पदको लागि विज्ञापन प्रकाशित गरेको छ।विभिन्न सेवा समूहका सहसचिव र उपसचिवको खुला तथा बढुवा गरेर ६ सय ३८ पदको विज्ञापन प्रकाशित गरिएको आयोगले जनाएको छ। निजामती, संसद् र स्वास्थ्यमा गरेर सहसचिव १ सय ८२ तथा उपसचिव ४ सय ५६ पदका लागि विज्ञापन गरिएको हो।सरकारले असोज पहिलो साता नै रोकिएको परीक्षा सञ्चालन गर्न तथा नयाँ विज्ञापन खुलाउन आयोगलाई आग्रह गरेको थियो।आयोगले गएको चैतबाट रोकिएको परीक्षा लिन नयाँ तालिका पनि यसअघि नै सार्वजनिक गरिसकेको छ। गतवर्ष नै विज्ञापन गरी एक चरणको परीक्षा भइसकेर प्रक्रियामा रहेको नायब सुब्बा, शाखा अधिकृत तथा सहसचिव पदका लिखित तथा मौखिक परीक्षाको थालनी आयोगले गरिसकेको छ।अहिले विज्ञापन गरिएका सहसचिव र उपसचिव पदको लिखित परीक्षा मंसिर अन्तिममा सुरु भएर माघ अन्तिमसम्म चल्नेछ। आयोगका अध्यक्ष उमेश मैनालीका अनुसार सहसचिव र उपसचिव पदको लिखित परीक्षा बिहान र दिउँदो दुई सिफ्टमा सञ्चालन हुने छ।यसपछि शाखा अधिकृत, नायब सुब्बा, खरिदारलगायत पदका रिक्त दरबन्दीको विज्ञापन गरिने उँहाले बताउनुभएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles