रौतहट १४ कार्तिक । रौतहटको चन्द्रपुर—३ गैडाटारमा रहेको कछडिया समाज युवा क्लवको दोस्रो बार्षिक साधारण सभा सम्पन्न भएको छ । चन्द्रपुर—३ गैडाटारस्थित तिलेश्वर सामुदायिक भवनमा शुक्रबार विहान भएको सो साधारण सभाले आर्थिक बर्ष २०७६÷७७ को बार्षिक आयब्यय समेत पारित गरेको छ । स्थानिय नागरिकहरुमा विभिन्न चेतनामुलक कार्यक्रमहरुका साथै खेलकुदमा समेच उच्च छवि बनाइ सकेको क्लवले अगामी दिनमा गर्ने कार्ययोजना समेत साधारण सभाले पारित गरेको क्लवका अध्यक्ष तिलक धामीले बताउनु भयो ।
स्थानिय स्तरका क्लवहरुले अब खेललाई मात्र होइन सामाजिक कार्यहरुलाई प्राथमिकतामा राख्नु पर्ने तिलेश्वर सामुदायिक वनका अध्यक्ष तथा क्लवका सल्लाहाकार राजु धामीले जोड दिनु भयो । अहिलेका युवाहरुको शक्ति सहि ठाउमा प्रयोग गर्न नसकेकाले मुलुक समृद्ध बन्न नसकेको बताउनु हुदै युवाको शक्ति सहि ठाउमा प्रयोग गर्न क्लवका युवाहरुलाई धामीले आग्रह गर्नु भयो । कार्यक्रमा स्थानिय विभिन्न संघसंस्थाका पदाधिकारीहरुको उल्लेखनिय सहभागीता रहेको थियो ।


