गरुडा । श्रीसत्य साइ बाबाको ९५ औं जन्मोत्सवमा खाद्यान्न सहयोग गरिएको छ । रौतहटका वरिष्ठ पत्रकार शिव पुरी र रेवन्ती खड्का दम्पतिले आज सोम्बार बन्सीलाल अनाथालय गरुडाको अनाथ बालबालिकालाई खाधान्न लगायतको सामाग्री सहयोग गर्नुभएको हो । हरेक बर्ष पुरी दम्पतिले साइबाबाको जन्मोत्सबमा अनाथ,असहाय र गरिबलाई सहयोग गर्दै मानव सेवामा लाग्दै आउनुभएको छ ।




