करणी गरी फरार रहेका प्रतिवादी ४ बर्षपछी पक्राउ

गरुडा ।चार बर्ष अघि ११ बर्षिय बालिकालाई जबर्जस्ति करणि गरि फरार रहेका एक अभियुक्तलाई प्रहरिले पक्राउ गरेको छ । जिल्लाको साविक गा.वि.स.बिश्रामपुर हाल वृन्दावन न.पा. वडा नं. १ को वडा एरिया अन्तर्गत ११ बर्षे बालिकालाई जबरजस्ती करणी गरी फरार रहेका साविक गा.वि.स.हर्दिया पल्टुवा वडा नं.८ हाल बृन्दावन न.पा.वडा नं.४ बस्ने दानी राय यादवको छोरा अं.बर्ष ३२ को नागेश्वर राय यादवलाई गरुडाबाट खटिएको टोलिले आइतबार पक्राउ गरि सोमबार सार्बजनिक गरेको हो । गढीमाई न.पा.वडा नं.१ स्थित बागमती नदि बाँध सडकखण्डमा ना ६४ प ४५०३ नं.को १५० सि.सि.को पल्सर मोटरसाईकल चलाई रहेको अवस्थामा पक्राउ गरि जिल्ला अदालत गौरमा उपस्थित गराईएको प्रहरिले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles