६ वर्षीया बालिकाको हत्या:स्थानीयले लगाइदिए हत्या आरोपीको घरमा आगो

बर्दिबास । आइतबार साझबाट हराएकि एक बालिकाको सब बरामद भएको छ । महोत्तरीको बर्दिबास नगरपालिका- १४ शुभम् बस्तीबाट बेपत्ता भएकी शहीद आलमकी छोरी गुलाब साह खातुनको शव सोमबार मध्यरातमा फेला परेको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रमुख प्रहरी नायब उपरीक्षक राजन चापागाईंले जानकारी दिए।आइतबार साँझदेखि बस्तीबाटै हराएकी गुलाब साह खातुनको हत्या गरेर बोरामा राखेर झाडीमा फालेको अवस्थामा शव फेला परेको हो। शुभम् बस्तीमा रहेको सामुदायिक परिवार कल्याण संघ महोत्तरीको कार्यालयभन्दा पश्चिमतर्फ रहेको खाली जग्गामा बालिकाको शव भेटिएको प्रहरीले जनाएको छ।
हत्याको आरोपमा प्रहरीले महोत्तरीको गौशाला नगरपालिका वडा नम्बर ५का २५ वर्षीय अरूणकुमार साहलाई नियन्त्रणमा लिएको हो। चापागाईंका अनुसार ती युवकले हत्या गरेको स्वीकारेका छन्।
बालिकाको बलात्कारपछि हत्या गरेको हुन सक्ने स्थानीयले आशंका गरेका छन् भने प्रहरीले पोस्टमार्टम रिपोर्टपछि मात्र केही भन्न सकिने बताएको छ।
यसैबीच स्थानीयले मंगलबार पक्राउ परेका आरोपीको घर तथा बर्दिवासस्थित मुख्य चोकमा प्रदर्शन गरिरहेका छन्। यता प्रदर्शनलाई नियन्त्रणमा लिनका लागि अश्रु ग्याससमेत प्रहार गरेको स्थानीयले जानकारी दिएका छन्। प्रहरीले ५ राउण्ड अश्रु ग्यास प्रहार गरेको बताइएको छ।
स्थानीयहरूले आरोपीको घरमा आगजनीसमेत गरेका छन्। आक्रोशित भीडले आरोपीको. घरमा आगजनी गरेको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles