साइकल सहित काठ बरामद

चन्द्रपुर । चन्द्रपुर नगरपालिका ७ बाट साइकल सहित काठ बरामद भएको छ । रङ्गपुर साझेदारीको नियमित गस्ती टोलिले ७ नम्वर वडाको बनबहुअरी गाउँबाट ३ थान सालको गोलिया,३ थान साइकल र १ थान काठ चिर्ने आरा बरामद भएको रङ्गपुर साझेदारीका अध्यक्ष जितेन्द्र चौधरीले जानकारी दिनुभयो । चाड्बाडको मौका छोपी बनबहुअरी तल्लो टोलमा लुकाइ छिपाइ राखिएको अवस्थामा काठ सहित साइकल र आरा बरामद भएको अध्यक्ष चौधरीले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles