ट्रकको ठक्करबाट ६५ बर्षीया आचार्यको मृत्यु

चन्द्रपुर । रौतहटको चन्द्रपुर नगरपालिकामा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । ना ३ ख ५७२२ नम्बरको ट्रकले चन्द्रपुर ८ बसन्तपुर ना ५४ प ७३३३ नम्बरको स्कुटरलाई ठक्कर दिंदा स्कुटरको पछाडी सवार चन्द्रपुर ८ मोतीपुरकी ६५ बर्षीय देवकी देवी आचार्यको मृत्यु भएको छ भने स्कुटर चालक मृतकका छोरा प्रकाश आचार्य सामन्य घाइते रहेको जिल्ला ट्राफिक प्रहरी प्रमुख ,प्रहरी निरिक्षक शैलेष न्यौपानेले जानकारी दिए । ट्रक चालक बारा जिल्लाको कलैया नगरपालिका ४ बस्ने बर्ष ३० का गणेश राउतलाई नियन्त्रणमा लिइएको न्यौपानेले जानकारी दिए । ट्रक चालक राउतले घटना अघि सन्तपुरमा ई—रिक्सालाई समेत साईड नदिएको र स्पिडमा ट्रक चलाएर स्कुटरलाई ठक्कर दिएपश्चात भाग्नका लागी स्कुर ३ सय मिटर सम्म घिसारेर भाग्न खोजेको प्रत्यक्षदर्शीले बताए । राजमार्गमा रहेका बिभिन्न प्रहरी पोष्टले रोक्ने प्रयास गर्दा समेत ट्रक भगाउन खोजेका राउतलाई प्रहरीले चन्द्रपुर १० को पडरिया भन्ने स्थानबाट नियन्त्रणमा लिएको प्रहरी निरिक्षक न्यौपानेले जानकारी दिए । ट्रक चालक राउतले मापसे गरेर दुर्घटना घटाएको हुनसक्ने प्रत्यक्षदर्शीको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles