चक्कु प्रहार गरि युवकको हत्या

बृन्दावन । रौतहटमा चक्कु प्रहारबाट गम्भीर घाइते भएका युवकको मृत्यु भएको छ। बृन्दावन नगरपालिका वडा नम्बर ३ का १८ वर्षीय नन्दकिशोर रामको उपचारको क्रममा: गए राति मृत्यु भएको हो। उनका छिमेकी १९ वर्षिय रवि रामले उनलाई चक्कु प्रहार गरेको प्रहरीले जानकारी दिएको छ। सोमबार बेलुकी आफ्नी काकी ललिता देवीलाई छिमेकी लाले रामले मादक पदार्थ सेवन गरी गालीगलौज गरेकोमा नन्दकिशोरले पनि लाले रामकै पक्ष लिएको भन्दै भनाभन भएको थियो। 
झै-झगडा शान्त भइसकेको केही वेरमा भान्छाको चक्कु लगेर रविले नन्दकिशोरको पेटमा प्रहार गरी गम्भीर घाइते बनाएको प्रहरी अनुसन्धानबाट खुलेको छ। प्रहरीले गए राति नै चक्कु प्रहार गर्ने रविलाई नियन्त्रणमा लिएको थियो । घटनास्थलबाट चक्कु बरामद गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको रौतहट प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles