शिक्षक मणी कुमार प्रधानको उपचारको लागी चन्द्रपुर प्याव्सनको सहयोग

चन्द्रपुरको मुनलाइट एकेडेमीमा कार्यरत शिक्षक मणी कुमार प्रधान (माइकल) को मृगौला प्रत्यारोपणको लागि चन्द्रपुर प्याव्सन नगर कमिटीले ५५ हजार ५५५ रुपैयाँ आर्थिक सहयोग गरेको छ । सो रकम प्रधानको नेपाल एसबिआइ बैंकमा रहेको खातामा जम्मा गरिदिएको प्याव्सन प्रदेश नम्बर २ का महासचिव तथा बाल निकेतन मा.वि. का कार्यकारी निर्देशन दिपक रेग्मीले जानकारी दिनुभयो । उहाँले विद्यालयहरुको तर्फबाट सो रकम जम्मा गरिएको जनाउँदै प्याव्सन आवद्ध विद्यालयमा कार्यरत शिक्षक , विद्यार्थी, कर्मचारी तथा आम सर्वसाधरणलाई प्रधानको उपचारको लागि आफुले सकेको सहयोग गर्न अपिल गर्दै प्रधानको शिघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो ।

साथै सहयोगको लागी नेपाल एस बि आइ बैकंमा मणि कुमार प्रधान को नाम रहेको खाता नः २३९१५२४१४०१९३५ मा जम्मा गर्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles