रौतहटको चन्द्रनिगाहपुरमा राजावादीहरुको बृहत प्रदर्शन

रौतहट २३ मंसिर । रौतहटको चन्द्रनिगाहपुरमा राजावादीहरुले लोकतान्त्रिक गणतन्त्रको खुलेरै बिरोध गरेका छन । मंगलबार रौतहटको चन्द्रपुर नगरपालिकाको मुख्या चोक चन्द्रनिगाहपुर चोकबाट शुरु भएको बिरोध र्यालीमा सहभागीहरुले राजा आउ देश बचाउ,संघियता खारेज गर, भ्रष्ट नेता मुर्दावाद लगायतका नारा लगाउदै बिरोध प्रदर्शन गरेका हुन । मुलुकलाई समृद्ध बनाउन जनताले त्यो अधिकार दिदा मुलुकलाई समृद्ध बनाउनुतर्फ कुनै कार्य हुन नसकेकाले अब मुलुकलाई समृद्ध राजाले मात्र बनाउन सकिने  चिना कोइरालाको  दावी रहेको छ । मुलुकभर राजावादीहरुको पूदर्शन गरिरहदा रौतहटमा पनि मंगलबार प्रदर्शन गरेको हो । राप्रपाका जिल्ला स्तरिय नेताहरुको सहभागिता रहेको बिरोध प्रर्दशनमा सहभागीले चन्द्रपुर नगरको बिभिन्न भागको परिक्रमा गरी चन्द्रनिगाहपुरको मुख्य चोकमा कोण सभामा परिणत भइ सम्पन्न भएको थियो ।
 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles