मुख्यमन्त्री स्वच्छता अभियान:गढिमाईमा पोखरी सौन्दर्यकरणको शिलान्यास

समनपुर। रौतहटको गढिमाई नगरपालिकाको वडा नम्बर ८ बिनगरा स्थित गजेन्द्र पोखरि सौन्दर्यिकरणको शिलान्यास कार्यक्रम सम्पन्न भएको छ । मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत सो पोखरीको सौन्दर्यकरणको शिलान्यास प्रमुख अतिथी, जनता समाजवादी पार्टीका नेता तथा संघिय सांसद अनिल झा र मुख्यमन्त्री लालबाबु राउतले संयुक्त रुपमा गर्नु भएको हो । कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै प्रमुख अतिथी सांसद झाले प्रदेश सरकारले सुरु गरेको बिकास निर्माणको योजनाले जनतालाई संघियताको अनुभुती गराएको बताउनु भयो । नेता झाले प्रदेश सरकारको सहयोगमा सञ्चालित योजनाहरुले बिकासको नमुना प्रस्तुत गरेको समेत बताउनु भयो । कार्यक्रममा मुख्यमन्त्री राउतले मुख्यमन्त्री स्वच्छ्ता अभियान प्रदेशको पर्यटकिय बिकासमा कोशे ढुङ्गा साबित हुने बताउनु भयो । अभियान अन्तर्गत जानकी मन्दिरबाट शुरु गरेको योजना प्रदेश भरिको सबै धर्म समुदायको धार्मिक, सास्कृतिक धरोहरहरुको सौन्दर्यिकरण गर्दै प्रदेशलाई धार्मिक सास्कृतिक पर्यटनको हब बनाउने योजना आफुहरुको रहेको उहाँको भनाइ रहेको छ । भुमी ब्यबस्था कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले बिनगरा पोखरी सौन्दर्यिकरणले बिकास निर्माणमा सबै दल एक जुट रहेकोे सन्देश दिएको उल्लेख गर्नु भयो । मुख्यमन्त्री स्वच्छ्ता अभियान अन्तर्गत ६ करोडको लागतमा बिनगरा पोखरीमा घाट, मन्दिर निर्माण, वाक वे, शौचालय निर्माण सहितको कार्यक्रम रहेकोे जनाइएको छ । मुख्यमन्त्री स्वच्छता अभियानका प्रमुख इन्जिनियर भगवान झाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा जनता समाजवादी पार्टीका नेता बृज किसोर यादव, माधव नारायण नपाका प्रमुख बिरेन्द्र यादव, चुल्हाई यादव, रेवन्त झा सहितले आ—आफ्नो धारण राख्नु भएको थियोे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles