नेपालि काङ्गे्रस असंवेैधानिक कदमको बिरुद्धमा छ ः पूर्वमन्त्री गगन थापा
रौतहट–नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री गगन थापालाई चन्द्रनिगाहपुरमा भव्य स्वागत गरिएको छ ।बुधबार रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ४ मा नेपाली कांग्रेस रौतहटका युवा नेता कल्याण कार्कीको आयोजनामा भएको चियापान कार्याक्रममा पूर्वमन्त्री गगन थापालाई भव्य स्वागत गरिएको हो । सर्लाहीको लालबन्दीमा नेपाली कांग्रेस नगर समितिले आयोजना गरेको विरोध सभालाई सम्पन्न गरि काठमाण्डौ फर्किने क्रममा नेता कल्याण कार्की लगायत रौतहटका नेपाली काग्रेसका नेताहरुले चन्द्रनिगाहपुरमा केन्द्रीय सदस्य एवं पूर्वमन्त्री गगन थापालाई फुलमाला तथा खादाले भव्य स्वागत गरेका थिए ।
सो चियापान कार्याक्रममा संचारकर्मीहरु संग कुरागर्दै पूर्वमन्त्री थापाले पुष ५ गते केपि वलीले गरेको संसद बिघटन, लगतै नेपाली काङ्गे्रस का सभापति शेर बहादुर देउवाको संयोजकत्व मा गरेको (संसद बिघटन) असंबैधानिक भएको निर्णयमा नै आपु अडिक रहने बताए । भोलिका दिन अदालतले संसद बिघटन सदर गरे पनि नेपालि काङ्गे्रसले आफ्नो निर्णय असंबैधानिक हुने उनले बताए ।

नेपालि काङ्गे्रस असंवेैधानिक कदमको बिरुद्धमा छ र नेपालि काङ्गे्रसलाई अदालत माथी बिस्वास छ, असंवेैधानिक कदमलाई असंवेैधानिकनै हो भनेर अदालतल ले संसद् पुनर्स्थापना गरी देशलाइ जोखिम युत्त दलदल बाट जोगाउने बताएका छन् । नेपाली काग्रेंसका सम्पुर्ण साथिहरुलाई जनता माझ गएर जनतालाई भरोसा दिलाउन समेत पूर्वमन्त्री थापाले आग्रह गरेका छन् । सरकारको असम्भैधानीक कदमलाई नेपाली काग्रेंसलेनै सुधार्ने तथा देश पनि काग्रेंसले नै चलाउने पूर्वमन्त्री थापाले बताएका छन

।सो चियापान कार्याक्रममा प्रदेश सभा सदस्य धनलाल थोकर,वृन्दावन नगरपालिकाका प्रमुख रामस्नेही राय यादव,चन्द्रपुर नगरपालिकाका प्रमुख रामचन्द्र चौधरी लगायत रौतहटका नेता तथा कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।







