चन्द्रपुर । नेपाली कांग्रेस निकट युवा मोर्चाका रुपमा रहेको भातृ संगठन तरुण दलको जिल्ला कार्य समिति रौतहटको उप–सभापति पदमा सोभित सिलवाल सर्बसम्मत चयन भएका छन् । आईतबार चन्द्रनिगाहपुर स्थित नेपाली कांग्रेस पार्टि कार्यालयमा एक कार्यक्रमको आयोजना गरि नेपाल तरुण दल जिल्ला कार्य समिति रौतहटले उप–सभापति पदमा समाजसेवी, युवानेता सोभित सिलवाललाई सर्बसम्मत चयन गरेको हो । नेपाल तरुण दलको रौतहट जिल्ला सदस्यमा रह“दा पार्टि प्रति बफादार रहेर आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्दै आएका सिलवाललाई नेपाली कांग्रेस रौतहटले नेपाल तरुण दल रौतहट जिल्ला कार्य समितिको उप–सभापति पदमा मनोनयन गरेको नेपाल तरुण दल नगर कार्य समिति चन्द्रपुरका उप सभापति शम्भु थापाले बताए ।
उक्त कार्यक्रममा रौतहट क्षेत्र नं ४ का संघीय सांसद देव प्रसाद तिमल्सिना,प्रदेश सभा सदस्य धनलाल ठोकर, नगरप्रमुख रामस्नेही राय यादव,नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि मुकेश गिरी,नेपाल तरुण दल चन्द्रपुर नगर उप–सभापति सम्भु थापा,बिपि कोईराला युवा नेतृत्व विकास मञ्च रौतहट जिल्ला सभापति अधिकार लामिछाने लगायत का“ग्रेस नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।


