आमहडतालको पूर्वसन्ध्यामा रौतहटमा पनि मसाल जुलुस

रौतहट// नेकपा प्रचण्ड-माधव नेपाल समूहले भोलि घोषणा गरेको आमहडतालको पूर्वसन्ध्यामा मसाल जुलुस गरिएको छ ।रौतहट सहित देशभरका विभिन्न शहरमा प्रचण्ड-माधव समूहका कार्यकर्ताले बुधबार साँझ मसाल जुलुस निकालेका हुन् ।
चन्द्रनिगाहपुर मुख्य चोकमा निकालिएको मसाल जुलुसमा प्रहरी र पर्दशनकारी बिच झडप समेत भएको थियो ।
माघव-प्राचार्य समुहले निकालेको मसाल जुलुसमा सयौँको संख्यामा कार्यकर्ता सहभागी थिए । उनीहरूले सरकार र प्रधानमन्त्री केपी ओलीको विरोधमा नारावाजीसमेत गरेका थिए ।नेकपा प्रचण्ड-माधव समूहले प्रधानमन्त्री ओलीको कदमविरुद्ध बिहीबार देशव्यापी आमहडतालको घोषणा गरेको छ । आमहडतालमा यातायात, कलकारखाना, विद्यालय व्यवसाय बन्द रहने उक्त समूहले बुधबार काठमाडौंको पेरिसडाँडामा आयोजन गरेको पत्रकार सम्मेलन प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles