पश्चिमी वायुको प्रभावले वर्षा र हिमपातको सम्भावना


काठमाडौं, पश्चिमी वायुको प्रभावले शनिबार देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात र वर्षा हुने भएको छ।
जल तथा मौसम विज्ञान विभागले शनिबार एक बुलेटिन निकालेर पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्मका प्रदेश नं १ का पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ मौसमविद्का अनुसार उक्त प्रणालीको प्रभावले आगामी सोमबार देशभर आंशिकदेखि सामान्य बदली हुने बताइएको छ। यस प्रणालीमा जलवायुयुक्त हावा कम भएकाले ठूलो वर्षाको सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशको सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातका साथै प्रदेश नं १ का पहाडी भूभागका एक वा दुई स्थानका हल्का वर्षा हुने भएको छ। मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम सात दशमलव पाँच डिग्री र अधिकतम तापक्रम २१ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ। त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस दुई दशमलव पाँच डिग्री सेल्सियस रहेको छ।

साभारःअन्नपूर्ण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles