
सर्लाही ६,फागुन /
प्रचण्ड र नेपालले सर्लाहीका स्व. डाचाराज वाग्लेको शालिक निर्माणको शिलान्यास गरेका छन्। नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का सर्लाही इन्चार्ज एवं केन्द्रीय सदस्य स्व. डाचाराज वाग्लेको तेह्रौं पुण्यतिथिको अवसरमार आयोजित श्रद्धाञ्जली सभामा सम्बोधन गर्न आएका प्रचण्ड र नेपालले शालिकको शिलान्यास गरेका हुन्। नेकपा प्रचण्ड समूहका केन्द्रीय अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सोही समूहका अर्का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल विहिबार मध्यान्ह सर्लाही आईपुगेका छन् ।रौतहटको चन्द्रपुर बाट दुवै अध्यक्ष सँगै सर्लाही पुगेका हुन् । मूर्तियामा खाना खाएपछि दुवै अध्यक्षले संयुक्त रुपमा मूर्तिया चोक स्थित स्व. वाग्लेको शालिक (प्रतिमा) निर्माणको शिलान्यास गर्नुभएको छ । लगतै उनीहरु स्व. वाग्लेको घरमा पुगेर परिवारजनलाई भेटेका थिए । यस्तै नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का सर्लाही इन्चार्ज एवं केन्द्रीय सदस्य स्व. डाचाराज वाग्लेको तेह्रौं पुण्यतिथिको अवसरमा आयोजित श्रद्धाञ्जली सभा सूरु भएको छ ।
हरिपुर नगरपालिका–१, हजारविगाह स्थित पाँचकुमारी मावि परिसरमा नेकपा सर्लाहीका अध्यक्ष रेवती पन्तको अध्यक्षतामा आयोजित सभामा प्रमुख अतिथिको रुपमा नेकपा अध्यक्षद्वय एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सोही समूहका अर्का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल प्रमुख वक्ताको रुपमा रहेका छन् । कार्यक्रममा पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ, स्थायी कमिटी सदस्य लिलामणि पोखरेल लगायत नेताहरुको उपस्थिती रहेको छ


