सदरमुकाम गौरमा निशुल्क आखा शिविर सञ्चालन ,४ दिनसम्म रहने

February 18, 202139

रौतहट ६,फागुन /
रौतहटमा निशुल्क आखा शिविर सञ्चालन भएको छ ।नेकपा प्रचण्ड नेपाल समुहका प्रदेश कमिटी सदस्य तथा युवा नेता शम्भु साहले गौरमा ४ मा संचालन भएको सो शिविरको एक औपचारिक कार्यक्रमका विच उदघाटन गर्नु भएको हो।आर्थिक अवस्था कमजोर भएका नागरिकहरु सरकारी तथा निजी आँखा अस्पतालमा शुल्क तिरेर आँखाको उपचार गराउने अवस्था नरहने हुदा उनीहरु कै घरदैलोमा नै शिविरको माध्यमबाट उपचारको व्यवस्थापन गरेकोमा आयोजक संस्थालाई साहले धन्यवाद दिनुभयो ।आई केयर अस्पताल गौर तथा अमृत फाउण्डेशनको संयुक्त आयोजनामा रौतहट गेमर्स नामक संस्थाद्धारा गौर नगरपालिकाको वडा नम्वर १ मा सो ४ दिने शिविर सञ्चालन गरिएको हो । बुधबार देखि संचालन गरिएको आखा शिविरमा आर्थिक आभावका कारण लामो समय देखि आँखाको उपचार गराउनबाट वञ्चित रहेका , गरिव, दलित, असहाय एवं निमुखा वर्गका आम नागरिकहरुलाई प्राथमिकतामा राखेर उपचार गरीने नेकपा प्रचण्ड नेपाल समूहका युवा नेता तथा वडा नंं १ का वडा अध्यक्षको प्रत्यासी लालबाबु जयसवालले बताउनु भयो 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles